Publication News Archive

News Archive


Latest News and Updates

Thursday, April 23, 2015

व्यवसायिक माछा पालनका लागि सन्तुलिन दाना अपरिहार्य छ

म्याग्दी, ३० चैत । म्याग्दीको बेनी नगरपालिका–१० तोरीपानीका आनन्द रिजालल ब्यबसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्न  सफल हुनुभएको छ ।
शहरी क्षेत्रमा गर्दै आएको जागिर त्यागेर ४४ बर्षिय रिजालले विगत साढे १ बर्षदेखि गाउँमै सुरु गर्नुभएको ब्यबसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । १० वटा स्थानीय जातका माउ बाख्राबाट धवलागिरी ब्यबसायिक बाख्रापालन फार्म सुरु गर्नुभएका रिजालले हाल माउबाख्रा खरिद, खोर निर्माण लगायतमा गरी साढे ७ लाख रुपैयाँ लगानी गरेको जानकारी दिनुभयो ।
उहाँले हाल स्थानीय खरी, बारबारीको क्रस, जमुनापारी क्रस, लेखालि बाख्रा सिनाल, बोयरको क्रस लगायतका जातका बाख्रा पालन गर्नुभएको छ ।
स्थानीय जातको बाख्राको नश्ल सुधार गर्नुको साथै उन्नत जातका खसी, बोका उत्पादन गरी विक्रि गर्ने लक्ष्य सहित बाख्राफार्म सञ्चालन गर्नुभएका रिजालले हालसम्म खसीबोका विक्रिबाट साढे एक लाख आम्दानी गरीसक्नुभएको छ ।

Read More...

Monday, April 20, 2015

कुखुरापालनमै भविष्य

अर्घाखाँची, वैशाख ७ - एकपटक विदेश हान्निएपछि फिरेर आउँदा आफ्नो गाउँघरको आम्दानी निकै थोरै जस्तो लाग्छ । तर श्रम विदेशको जसरी गरे यहाँ पनि नहुने भन्ने छैन । यहाँ विदेश बसेर फिरेका र गाउँमै बसेका युवाले कुखुरापालन व्यवसाय थालेर आफ्नो जीविकोपार्जन सहज बनाउनुका साथै उदाहरणीय बनेर देखाएका छन् ।

धेरै पैसा कमाउन बाँगीका लक्ष्मण महत कतार पुगे । तीन वर्षपछि फिरे । उनीसँगै काम गरेका साथी पुनः कतार र्फके । उनले भने कुखुरापालन थाले । उनले भने, 'कतारमा भन्दा कुखुराबाटै मलाई यहाँ खुसी मिल्यो । उता गर्नेजति मेहेनत गरे यहाँ पनि हुने रहेछ ।'

अहिले र्फममा दुई हजार कुखुरा छन् । अण्डा र मासुका लागि उत्पादित कुखुराको १० वर्षको कमाइबाट सदरमुकाममा घडेरी किनेका छन् । छोराछोरीलाई महँगो स्कुलमा पढाएका छन् । उनका अनुसार खर्च काटेर वर्षमा २ देखि ३ लाखसम्म बचत भएको छ । गाउँमा यस्तो गर्ने महत एक्ला होइनन् । टोलैपिच्छे डेढ महिनाभित्र एकदेखि पाँच किलोसम्म तौलको हुने ब्रोइलर कुखुरापालन निकै फस्टाएको छ । व्यवसायमा लागिपरेकाहरू धेरैजसो महतजस्तै विदेश गएर र्फकेकाहरू छन् ।

पोखराथोकका अच्युत गौतम र चन्द्रकान्त पौडेलसहित १० जनाले एउटै र्फममा सात हजार कुखुरा पालेका छन् । 'उत्पादनभन्दा माग बढी छ,' पौडेलले भने, 'परिश्रमअनुसारको फल पाउँदा खुसी छौं ।' यसैबाट महिनामा एक लाखको कारोबार भइरहेको उनले बताए । अधिकांशले वाषिर्क न्यूनतम ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । 'एउटा सानो जग्गामा र्फम बनाएर सयौं पाल्न सकिने भएकाले कुखुरापालन बढेको हो,' श्याम पाण्डेले भने, 'दुई वर्षदेखि ब्रोइलर पाल्दै छु । वर्षको १ लाख २० हजारको सेरोफेरोमा कमाइ छ ।' गोमबहादुर बस्नेत भारतीय भूपू सैनिक हुन् । उनले सन्धिखर्कमा पाँच सय कुखुरा पालेका छन् ।

'यो पेसा आनन्दको छ,' उनले भने, 'बिहान ४ बजे नै उठेर कुखुरालाई पानी र दाना दिन्छु । पालेर मात्र हुन्न । मेहेनत पनि गर्नुपर्छ ।'

कुखुरा उत्पादन अत्यधिक हुन थालेपछि उपभोक्तालाई स्वच्छ र सफा मासु बिक्री वितरणका लागि पसल व्यवस्थित गर्न ध्यान दिइएको पशु चिकित्सक डा. नारायण घिमिरेले बताए । उनले भने, 'व्यवस्थित तरिकाले गर्दा कुखुरापालनले धेरैलाई फाइदै भएको छ ।' उद्योग वाणिज्य संघ महासचिव नेत्रप्रसाद भुसालका अनुसार सदरमुकाममा वाषिर्क ७ करोड रुपैयाँ बराबरको मासुको कारोबार हुन्छ । व्यवसायी श्म्भु केसीका अनुसार बढ्दो मागको अनुपातमा स्थानीयस्तरमा पोल्ट्री व्यवसाय अझै बढ्न सक्छ । उनले भने, 'कुखुरा नपाइँदा माग पनि थिएन । फारम खुलेपछि कुखुराको मासु खाने उपभोक्ता बढे ।' मासु व्यावसायी संघका अनुसार सदरमुकाममा दैनिक एक हजार किलो किनबेच हुन्छ । टोलैपिच्छेका र्फममा उत्पादन गर्ने भए पनि गाउँमै खपत बढ्दा दुई महिनायता सन्धिखर्कमा भने कुखुराको मासुको आपूर्ति निकै कम छ ।

प्रकाशित मिति: २०७२ वैशाख ७ ०९:२५ 

Read More...


Testimonials

Golden Product Price
  • Golden Duck (Per Kg) Rs. 650
  • Golden Egg (12 Pcs) Rs. 215
  • Golden Egg (30 Pcs) Rs. 505
  • Golden Egg (6 Pcs) Rs. 115
  • P. Golden Egg (12 Pcs) Rs. 215
  • P. Golden Egg (6 Pcs) Rs. 125
Weekly Market Rate   [View all]
+977-1-4412216, 4412406
© Shreenagar Agro Farm Pvt.Ltd.